smartguide

आओकी पहाडको फेदि (आओकी साकासीता) मा अवस्थित ताइसेकीजी पथको ज्योयातो (रात्रीबत्ति लालटिन) र “ढुङ्गाका मार्ग दिशा साङ्केतिक चिन्हहरु” ।

 ज्योयातो (रात्रीबत्ति लालटिन) मुख्य मन्दिर ताइसेकीजीको ५५ औं प्रधान पुजारी निप्पु शोनिनले यस संस्थाका संस्थापक निचिरेन दाइशोनिनको ६०० औं बार्षिकीको अवसरमा उहाँलाई कृतज्ञता जाहेर गर्दै उहाँले लगाउनु भएको गुणको कदर स्वरुप यो स्मृती ज्योतीको स्थापना गरिएको थियो ।
 अभिलेख अनुसार निचिरेन दाइशोनिनको निधनको ६०० औं वार्षिकी र पछिल्लो वर्षको दोस्रो प्रधान पुजारी निक्को शोनिन र तेस्रो प्रधान पुजारी निचिमोकु शोनिनको ५५० औं वार्षिकी एकै साथ मनाइएको थियो । यस स्मृती सभामा धेरै भन्दा धेरै अनुयायीहरुको उपस्थितिमा अगष्ट महिनाको १० तारिख देखी एक हप्ता सम्म भव्यताको साथ मनाइएको थियो ।
 यस रात्रीबत्ति लालटिनको स्थापनामा योगदान दिनुहुने माहानुभावहरुको नाम सहायक स्तम्भमा कुदिएको छ । “आओकी गाँउबाट प्रवद्र्धक कोरेमुरा साम्पेई” र जग्गा दान दिनुभएका हिरोसे चुनेउएमोनको नाम स्तम्भको उत्तरी भागमा कुदिएको छ भने अर्को भागमा निर्माण कार्यमा संलग्न सिम्माची कामिजो गाँउ फुजीका कालिगढ हातानो सोकीचिको नाम कुदिएको छ ।
 यसै गरी निर्माणको सम्पुर्ण खर्च आम विश्वासीहरुले आफ्नो सो इच्छाले प्रदान गर्नुभएको दानबाट खर्च गरिएको थियो । त्यसैले उहाँहरु ७३ जना र होक्केको संस्थाको नाम स्तम्भको दक्षिणी र उत्तरी भागमा कुदिएको छ । ताइशो कालमा यस क्षेत्रमा फुजी किदो नामक घोडाले तानेको रथ चल्न थाल्यो र ताइसेकीजी सम्म जान सहज भएको थियो । तर यस अघि सम्म ताइसेकीजी पुग्नलाई पैदल मार्गको प्रयोग गर्नुपर्दथ्यो र यस पथलाई “ताइसेकीजी मार्ग” भनेर चिनिन्थ्यो ।
 यसै गरी निर्माणको सम्पुर्ण खर्च आम विश्वासीहरुले आफ्नो सो इच्छाले प्रदान गर्नुभएको यस आओकी साकासीता क्षेत्र, तोखाइदो क्षेत्रबाट ताइसेकीजी भ्रमण गर्न आउने आगन्तुकहरुको लागी एउटा महत्वपुर्ण विन्दुको रुपमा मानिन्थ्यो । रात्रीकालिन लालटिनको पुर्व दिशामा उरुइगावा नदि पार गर्ने एउटा पुल थियो जसको दाँया बायाँ पथमार्ग देखाउने ढुङ्गाका साङ्केतिक चिन्हहरु राखिएको थियो ।
 कथन अनुसार त्यतिबेला रात्रीबत्ति लालटिन देखी ताइसेकीजीको सानमोन गेट सम्मको सम्पुर्ण मार्ग ढुङ्गा विच्छाई पक्कि बनाइएको थियो । एदो कालको प्रसिद्ध चित्रकार खाचुसिका होकुसाईले फुगाकु ह्याकु केई (फुजी पर्वतको १०० दृष्य) को एउटा चित्र “ताइसकेजी पहाडबाट फुजी पहाड देखिन्छ” मा चित्रण गरिएको आओकी साका क्षेत्रबाट सानमोन गेट सम्म जानेबाटोको विच भागमा यो पक्कि मार्ग भएको आङ्घलन गरिन्छ । अझैपनी पहाडमा यत्रतत्र छरिएका भगनावशेषका निशानीहरु देख्न सकिन्छ जसले हामीलाई पहिलेको समयको याद दिलाउछ ।
 रात्रीबत्ति लालटिनको स्थापना भएको वर्ष सन् १८८१ मार्च महिनामा लालटिनको तल्लो भगमा सिमोजो गाँउका सुजुकी क्युजिरोले एउटा ढुङ्गाद्धारा निर्मित पथमार्गको सांङ्घेतिक स्तम्भ राख्नुभएको थियो त्यस स्तम्भमा बाँया ताइसेकीजी पथ र दाँया उमामीजुका गाँउको बाटो भनि कुदिएको थियो । यस ठाँउमा तेम्पो कालमा अरु २ वटा सांङ्घेतिक ढुङ्गाका स्तम्भहरु थपिएको थियो । तर यी पथ मार्ग सांङ्घेतिक ढुङ्गाहरु जिर्ण हुदै गएकोले निचिरेन दाइशोनिनको ६०० औं बार्षिकीमा पुन निर्माण कार्य अगाडि बढाईएको थियो । मुख्य मन्दिर ताइसेकीजीमा टाढा टाढा देखी आउने भक्तजनहरुको लागी यो पथमार्गको मार्गदर्शन गराउन सांङ्घेतिक ढुङ्गाहरुको महत्वपुर्ण भुमिका रहेको पाइन्छ ।
 यस्ता पथमार्ग सांङ्घेतिक ढुङ्गाहरु ताइसेकीजी पथको विभिन्न नाकाहरुमा भक्तजनहरुले राखेका थिए । तर शोवा कालमा सडक निर्माणको कार्य अगाडि बढ्दा ति सांङ्घेतिक ढुङ्गाहरु लोप हुदै गएका थिए । ति मध्ये हाल फुजियामा सहरमा ९ वटा भेटिएको छ भने ३ वटा उक्त क्षेत्रमा नै रहेको पाइन्छ ।
 रात्रीबत्ति लालटिनको २०० मिटर उत्तरमा निप्पु शोनिनद्धारा ढुङ्गामा दाइमोकु कुदिएको स्मारक छ । यसको निर्माण हिरोसे योजीरो र अन्य सहयोगीको सहयोगद्धारा निर्माण गरिएको थियो । यस स्मारकको तल्लोभागमा ताइसेकीजी कसरी जाने भनेर मार्ग संकेतहरु कुदिएका छन् । त्यसैले भन्न सकिन्छकी विगतमा यस स्मारकले ताइसेकीजी भ्रमण गर्ने श्रद्धालुहरुलाई पथमार्ग मार्गदर्शकको भुमिका खेलेको थियो । त्यसैले यो स्पष्ट छ कि त्यतिबेलाका परियोजनाहरु जस्तै रात्रिबत्ति लालटिन, ढुङ्गाको मार्गदर्शक स्तम्भ र दाइमोकु स्मारक संस्थापक निचिरेन दाइशोनिनको ६०० औं स्मृती दिवसको अवसरमा तयार गरिएको महत्वपुर्ण कार्य योजना थिए ।
 शोवा कालको सुरुवाती समयसम्म त्यस ठाँउको वरीपरी बस्ने गाँउका बासिन्दाहरुले पालैपालो रात्रीबत्ति लालटिन बाल्दीदै आएका थिए । जसले गर्दा पथमार्गलाई उज्यालो बनाइदिने काम गर्दथे । त्यहि रात्रीबत्ति लालटिनको अगाडि बस्दै आएका हिरोसे परिवारले एउट चिया पसल खोलेका थिए जुन पसलले लामो यात्रागरी आएका भक्तजनहरुलाई न्यानो स्वागत गर्ने गरेको बताउदै आईएको छ ।
 यद्यपी रात्रीबत्ति लालटिन सडक खण्डको पारीपटि नदिको छेउमा भएतापनी फुजीमिया सहरमा बाटो चौडा पार्ने कार्य थालनी हुदाँ त्यस क्षेत्रका बासिन्दाहरुको सहयोग र समझदारीमा सन् २०१४ मार्च २६ तरिखका दिन निचिरेन शोशुको मुख्य मन्दिरको ६८ औं प्रधान पुजारी निचिन्यो शोनिनद्धारा स्थानान्तरण र मर्मत कार्य गराउनु भएको थियो ।
 यस रात्रिबत्ति लालटिन जापानभरीका भक्तजनहरुको लागी मुख्य मन्दिर ताइसेकीजी जानबाटो उज्यालो पार्ने ज्योती हुनुका साथै तिन खजानहरुलाई प्रदान गरिएको ज्योतीको रुपमा पनि लिइन्छ । यस बत्तिको अगाडि “गोहोनजोनको अगाडि” भनि कुदिएको छ । यसबाट पनि प्रमाणित हुन्छकी यस रात्रिबत्ति हुँदै मुख्यमन्दिर जानेमार्गलाई “ताइसेकीजीको तिर्थयात्रा मार्ग”को रुपमा प्रयोग गरिएको थियो ।
 रात्रीबत्तिको स्थापना पश्चात पटक पटकको भुकम्प र प्रकोपहरुको बाबजुदपनि जस्ताको तस्तै चमत्कारीक रुपमा यथास्थानमा रहेको छ । यस रात्रीबत्ति लालटिन र पथ मर्गको संकेतका रुपमा प्रयोग गरिएका ढुङ्गाहरु विरासतमा मिलेको एतिहासिक मुल्यवान बस्तुहुन् जुन निचिरेन शोशुमा आस्था गर्ने भक्तहरु मात्र नभई स्थानिय समुदायका भावी पुस्ताहरुलाई पनि हस्तान्तरण गरिदै अगाडि बढ्नु पर्दछ ।
 निचिरेन शोशुका यस्ता एतिहासिक स्थलहरुको विभिन्न कालखण्डहरुमा संरक्षण गर्दै आउनुभएका यस क्षेत्रका दिवंग्बासिन्दाहरु प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहान्छौं ।



Smart Guide of Taisekiji precinct

日蓮正宗 総本山 大 石 寺
Taisekiji
Nichiren Shoshu Head Temple
©2024 All rights reserved